एक कक्षामा पढ्दै ७५ बर्षीया वृद्धा ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

एक कक्षामा पढ्दै ७५ बर्षीया वृद्धा !



खोटाङ । कक्षा-एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती-पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन् । ‘यिनीहरुले हल्लाईदिएर मेरो अक्षर नै विगारिदिन्छन् के ।’

जुरिमायाँ उति झिँजो त मान्नुहुन्न तर पनि केटाकेटीलाई नियन्त्रण गर्न सकिन्छ की भनेर आफ्नै दुमी राई लवजमा हर्कानुहुन्छ-‘तिम्हारलाई मार्दिन्छु है म त फेरि, चकचक नगरी बस न हन’ तर एक कक्षाको बालबच्चा न हुन् चाला उस्तै ।

बिक्रम सम्बत २००१ साल साउन ८ गते विहिबार जन्मेकी खोटाङ बाक्सिलाकी जुरीमायाँ राई २०७५ साल साउन ६ गते आईतवार कक्षा एकमा भर्ना भएकी हुन् । केपिलासगढी गाउँपालिकामा पर्ने वाक्सिलाकी राईले लेखपढ गर्ने अधुरो धोका पूरा गर्न दिक्तेलवजारस्थित सरस्वती माविमा भर्ना भएकी हुन् । उनको रोल नम्बर ३१ रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

तीन बर्ष अघि वित्नुभएको जुरीमायाँको श्रीमान पूर्व व्रिटिस लाहुरे थिए। जुरीमायाँको जमानामा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टन (मरक्का) मा रहँदा पढ्न सुरु गरेकी थिइन् । तर त्यहाँ बसेको एक महिना वित्न नपाउँदै हङकङ सर्नुपरेको कारण उनको पढ्ने धोको अधुरै रहेको थियो । सोही अधुरो धोको पूरा गर्न उनी अहिले एक कक्षाको विद्यार्थी बनेकी छन् ।