एक वर्षदेखि सम्पर्कमै थिए प्रधानमन्त्री ओली र विप्लव - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

एक वर्षदेखि सम्पर्कमै थिए प्रधानमन्त्री ओली र विप्लव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एक वर्षदेखि सम्पर्कमै रहेको खुलेको छ ।

पहिलोपटक सार्वजनिक हुँदैगर्दा यस्तो खुलेको हो । राष्ट्रियसभागृहमा विप्लव समूह र सरकारबीचको सहमतिपत्रमा हस्ताक्षर समारोहमा सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यस्ता खुलासा गरेका हुन् ।

“एक वर्षदेखि नै संवाद भइरहेको थियो । त्यसको नेतृत्व सरकारी तर्फबाट स्वयम् प्रधानमन्त्रीले गर्नुभएको थियो । उताबाट स्वयम् महासचिव कमरेडले गर्नुभएको थियो,” भट्टराईले भने, “त्यसैको जगमा साउनयता वार्ता बाक्लो रूपमा हुन सुरु भयो । अहिले त्यसलाई औपचारिकता दिने गरी वार्ता समितिले काम गरेको हो ।”

उनले सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेको तीनबुँदे सहमतिपत्र पढेर सार्वजनिक गरेका थिए ।