काठमाडौंमै ११ जना जुवाडे पक्राउ - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

काठमाडौंमै ११ जना जुवाडे पक्राउ



काठमाडौं- प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ को नयाँ बस्तीमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । मकवानपुर घर भएका ३४ वर्षे असल बलको डेराकोठामा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

बलको कोठामा जुवातास भइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएको प्रहरी टोलीले छापा मात्रा उनीहरुको साथबाट २ लाख ८२ हजार ५ सय रुपैयाँ र चाुर बुक तास समेत बरामद भएको छ ।

गोकर्णेश्वरमा यसअघि पनि जुवातास खेलिरहेको अवस्थामा जुवाडेहरु पक्राउ परेका थिए । दशैं लागेपछि सो क्षेत्रमा जुवा खेल्नेहरु बढेको बताइन्छ ।