इडन हजार्ड : विश्वको उत्कृष्ट फुटबलर - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

इडन हजार्ड : विश्वको उत्कृष्ट फुटबलर



एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इडन हर्जाडलाई औपचारिक रुपमा क्लबमा प्रस्तुत गरेको छ । चेल्सीबाट गएको हप्ता रियल मड्रिडमा अनुबन्धित भएका २८ वर्षका हजार्डको स्वागतमा बर्नाबेउमा ५० हजार समर्थक उपस्थित भएका थिए ।

उनी १५० मिलियन पाउण्डमा क्लब आएका हुन् । हजार्डले मेडिकल सकेपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको उपस्थित पाँच वर्षको सम्झौता गरे । उनले भनेका छन्, ‘सानैदेखि रियल मड्रिडबाट खेल्ने सपना थियो, त्यो पूरा हुने भएको छ ।’

हजार्डले भने, ‘म विश्वको उत्कृष्ट खेलाडी बन्ने प्रयासमा छु र त्यो भन्दा पहिले म विश्वको उत्कृष्ट टिममा हुन चाहन्थेँ ।’

हजार्डको जर्सीमा नम्बर राखिएको छैन । उनले लगाउँदै आएको १० नम्बर जर्सी रियल मड्रिडमा लुका मोड्रिकले लगाउँछन् । हजार्डको जर्सी नम्बरबारे तय हुन बाँकी छ ।