इरानको १३औं राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

इरानको १३औं राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित



काठमाडौं- इब्राहिम रायसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। केहि मत गन्न बाँकी रहँदै उनी राष्ट्रपतिमा निर्वाचित हुने पक्का भएको छ ।

रायसी इरानको ६२ प्रतिशत मतसहित १३औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। १० प्रतिशत मतगणना हुन बाँकी रहँदा आफ्नो जीत सुनिश्चित भएको छ ।

कट्टरपन्थी विचारधाराको पक्षपाती रायसीले देशका सम्पूर्ण नागरिकहरुलई धन्यवाद दिएका छन्। विजयीलगत्तै न्यायपालिका प्रमुख समेत रहिसकेका राइसीले वर्तमान राष्ट्रपति हसन रुहानीसँग भेट गरेका छन्।

रायसीले अगष्टमा राष्ट्रपतिको शपथ लिनेछन्। निर्वाचनलाई केही सुधारवादी पार्टीहरुले बहिस्कार गरेका थिए। आलोचकहरुले निर्वाचनको औचित्यमाथि नै प्रश्न उठाएका थिए। उनको विजयले इरानको आन्तारिक राजनीति र विदेश मामिलामा समेत प्रभाव पर्नसक्ने विश्लेषण भैरहेका छन्।

तर, इरानको राजनीति प्रणालीमा राष्ट्र र राष्ट्रियता सम्बन्धि सबै मुद्दाहरूको अन्तिम निर्णय गर्ने अधिकार भने सर्वोच्च नेता आयातुल्ला अली खमेनीसँग हुन्छ।