इबोलाकै औषधिले कोरोना निको भएको अमेरिकी विशेषज्ञको दाबी - Himal Post Himal Post
  • २७ मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 12 2025
Logo

इबोलाकै औषधिले कोरोना निको भएको अमेरिकी विशेषज्ञको दाबी



बीबीसी- अमेरिकाका संक्रामक रोगका चर्चित विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले इबोलाका लागि यसअघि नै बनेको औषधिले कोरोना भाइरस संक्रमित बिरामीका लागि पनि राम्रो काम गर्ने दाबी गरेका छन्।

एन्टी–भाइरसल यो औषधीको नाम रेमडेसिवियर हो। यो औषधिको सुरुवाती परीक्षणबाट कोरोना संक्रमित चाँडै निको भएको पाइएको उनको दाबी छ।

‘सुरुवाती आँकडाले यो औषधिको सेवनपछि १५ दिनमा ठीक हुने हुने बिरामी ११ दिनमा निको भएको देखिएको छ,’ डाक्टर फाउचीले भनेका छन्, यो चामत्कारिक नलाग्न सक्छ तर यो प्रमाणित भइसकेको छ कि इबोलाको औषधिले कोरोना भाइरस रोक्न सकिन्छ।’

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजले रेमडेसिवियरको परीक्षण गरेको हो। तर यसको नतिजा अहिले सार्वजनिक भइसकेको छैन।

डाक्टर फाउचीको यो भनाइ मेडिकल जर्नल लेन्सेटले चीनमा रेमडेसिवियरको परीक्षणको विस्तृत जानकारी प्रकाशित भइसकेपछि आएको हो।

त्यस जर्नलमा रेमडेसिवियरले कोरोना संक्रमित बिरामीको स्वास्थ्य सुधार्न नसकिएको जिकिर गरिएको छ। तर चीनमा यो परीक्षण पूरा हुन सकेको थिएन।