धादिङबाट गयो ५ रेक्टरको भुकम्प - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

धादिङबाट गयो ५ रेक्टरको भुकम्प



काठमाडौं । बिहिबार बिहान धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।

बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो त्यसको विवरण भने आउँन बाँकी छ ।