यी–यी रहेछन् वामदेव बिगार्ने एमालेका ‘खलनायक’ - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

यी–यी रहेछन् वामदेव बिगार्ने एमालेका ‘खलनायक’



काठमाडौं । कोखामा दाँत हुने आफन्ती नै भएपछि के लाग्दो रहेछ र ! एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनको शूत्रधार, उस्तै परेका प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता वामदेव गौतम बर्दिया पुगेर ‘कोखामा दाँत भएका’ आफन्तीबाट कसरी सकिएछन् ? एकदमै ठूलो डिजाइनको चर्चा अहिले एमालेभित्र चलिरहेको छ ।
भैँसी मोटाएर हात्ती बनेका कहीँ पनि देखिएको छैन । तर, बर्दिया–१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमलाई त्यहीँका एमालेहरुले त्यस्तो बनाइदिए । अर्थात्, स्थानीय निर्वाचनमा जम्मा २४ हजार मत पाएको नेपाली कांग्रेसले पाँचै महिनामा ४४ हजार भोट पाएर चुनाव जित्ने कुरा स्वभाविक होइन ।
सिध्याउन पनि अरु कसैले हैन, केपी ओली गुटकै खास–खास भनिएका श्याम ढकाल, दामोदर अर्याल, खड्गबहादुर खड्का, सूर्य थापाहरुले बर्दियामा वामदेव हराउन मुख्य भूमिका खेलेको भनी एमाले अध्यक्ष केपी ओली सहित मुख्य नेताकहाँ जिल्लाको पार्टी कमिटीबाट रिपोर्टिङ भएको छ । बालकोट स्रोतका अनुसार आज भोलीमै उनीहरुलाई कारबाही गर्ने तयारी छ । त्यसका लागि संकलन गर्नुपर्ने प्रमाण अध्यक्ष ओलीको हातमा पुगिसकेको बताइन्छ । आजको जनआस्था साप्ताहिक मा समाचार छ ।