अमेरिकाले लगायो इ-सिगरेटमा प्रतिबन्ध - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अमेरिकाले लगायो इ-सिगरेटमा प्रतिबन्ध



बीबीसी- अमेरिकाले देशव्यापी रुपमा केही फ्लेवरका इ-सिगरेटमा प्रतिबन्ध लगाएको छ ।

किशोरकिशोरीलाई असर गरिरहेको भन्दै चासो प्रकट गरिएपछि अमेरिकाले सो प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध मिन्ट र फ्रुट फ्लेबरका इ-सिगरेटमा लगाइएको हो ।

जसमा जुलबाट बेचिँदै आएको पोड्स पनि परेको छ । अमेरिकाले अझै पनि मेन्थोल र टोबाको फ्लेवरलाई भने मान्यता दिएको छ ।

दक्षिण कोरिया, भारत, ब्राजील तथा अन्य दर्जनौं देशले यसअघि नै ‘स्वीपिङ्ग भ्यापिङ्ग ब्यान्स’को घोषणा गरेका छन् भने चीनलगायतका मुलुकले पनि यसअघि प्रतिबन्धको घोषणा गरेका छन् ।

अमेरिकी स्वास्थ्य सम्बन्धी नियामक निकायका अनुसार ५५ मानिसको मृत्यु र २ हजार ५ सयभन्दा बढी मानिस भ्यापिङ्गका कारण अस्पताल भर्ना भएका छन् ।