द्वारिकलाल चौधरीले पाए जम्मा ८० मत - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

द्वारिकलाल चौधरीले पाए जम्मा ८० मत



सुनसरी । नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।

भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।

यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ ।

विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-

जम्मा मतदाता : १८०५

अध्यक्ष

रेवती भण्डारी – ९२०

खेमराज पोख्रेल – ७७५

द्वारिकलाल चौधरी- ८०

उपाध्यक्ष

नन्दकुमार बस्नेत -७००

निलम खनाल – १०११

उपसचिव

अन्जनीकुमार पोख्रेल – ४९७

अर्जुन गहतराज – २२९

पदमप्रशाद लिम्बु – ५२५

योग्यराज खड्का – ५६३

लहरुमाया जिमी – २४९

लोकेश निरौला – ४८४

राम कोइराला – ८२१