भारतीय दूतावासमा तालिबानको छापा: गाडी समेत कब्जामा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतीय दूतावासमा तालिबानको छापा: गाडी समेत कब्जामा



एजेन्सी- तालिबान लडाकुहरूले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासको ताला तोडेर छापा मारेको खबर बाहिरिएको छ । भारततीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार तालिबानले बुधबार छापा मारेको हो।

तालिवानले राज्यसत्ता कब्जा गरेपछि बन्द रहेको कन्धार र हेरातका भारतीय दूतावासको कार्यालयको ताला तोडी छापा मरेको बताइएको छ । उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोले भने दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडी लिएर गएका छन्।

अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका छन्। जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन।

रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६० हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएका छन्। जसको नेतृत्व अनस हक्कानीले गरिरहेका छन्। उनी हक्कानी समूहका प्रमुख सिराजुद्दिन हक्कानीका भाइ हुन्।

अनस हक्कानीले अफगानिस्तानका पूर्वराष्ट्रपति हामिद कारजाई र एचसीएनआरका प्रमुख अब्दुल्लाह अब्दुल्लासँग भेटेका छन्। यसबाट पनि कारजाई र अब्दुल्लाका गतिविधि तालिबानको नियन्त्रणमा रहेको बुझ्न सकिन्छ।