(EXCLUSIVE) दुर्गा तिवारी हत्याको यस्तो छ रहस्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

(EXCLUSIVE) दुर्गा तिवारी हत्याको यस्तो छ रहस्य



हिमाल पोष्ट/काठमाण्डौ, पौष ५

नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि विभिन्न खाले समाचार आइरहेको बेला हिमाल पोष्ट टीमले केही तथ्य बाहिर ल्याउने कोसिस गरेका छौँ।

। सोमबार दिउँसो साढे ३ बजेपछि गोली प्रहार गरी देवदह नगरपालिका वडा नम्बर ६ निवासी तिवारीको हत्या गरिएको थियो । घटनापछि देवदह २ खैरेनी घर भइ हाल मलेसियामा रहेको बताउने बर्ष २८ का मनोज पुन भन्ने व्यक्तिले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीलाई फोन गरेर आफूले हत्या गरेको बताएका छन्। त्यस पछि हिमालपोस्टको टीमले केहि खोज गर्यो । अहिले राजनीतीसँग जोड़न खोजेको यस प्रकरणलाई हामीले केहि तथ्यहरु पत्ता लगाएका छौ।

* दुर्गा तिवारी र मनोज फेसबुकमा साथी छन….

received_1387172704660661

यो फोटोमा हेर्नुहोस मनोजको फ्रेण्डलिस्टमा दुर्गा तिवारी छन, उनिहरु बिच नजिकको सम्बन्ध थियो भन्ने यो एउटा प्रमाण हो।

पत्रकार दिनेश पाण्डेय र पुलिस प्रशासनले प्रकाशित गरेको फोटोको आधारमा हामीले यस प्रोफाइलको खोज गरेका थियौ

received_1387173641327234

मनोज पुनको प्रोफाइल

received_1387173474660584

पुलिस प्रशासन को इमेल

received_1387173624660569
* अन्यलाइ पनि धम्क्याउदै मनोज….

घटनाको अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार तिवारीसँग निटक सम्बन्ध रहेकाहरुलाई टेलिफोन गरेर मनोजले ‘तिवारीलाई मैले गोली हानेको हुँ, अब तिमीहरुको पालो आउँदै छ’ भनेर त्रासदी सिर्जना गरेका हुन् ।

* एउटै संगठनमा थिए दुर्गा र मनोज….

तिवारी र मनोज दुवैजना तत्कालिन युथफोर्समा कार्यरत थिए । युथफोर्समा रहँदा मनोज संगठनको आडमा पैसा उठाउँथे । तिवारीलाई उनको ब्यवहार चित्त बुझेको थिएन् । त्यसपछि तिवारीकै आग्रहमा मनोजलाई युथफोर्सले संगठनको साधारण सदस्य पनि नरहनेगरी निष्कासन गरेको थियो । ‘मनोजल त्यहि रिसीवी साँधेका हुन्’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक इन्सपेक्टरले भने।

यस्तो अबस्थामा दोशीमाथी अभिलम्ब कारबाही होस।