दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधवको नाममा पास गरिदिने - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधवको नाममा पास गरिदिने



काठमाडौँ- मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधव नेपालको नाममा पास गरिदिने बताएका छन् । उनले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्दै यस्तो बताएका हुन् ।

भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्‍ने दाबी गरेका हुन् ।

उनले भने, ‘अरुको भन्दिनँ माओवादी र नेकपा समाजवादी भन्ने नक्कली कम्युनिस्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति उनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर वृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

नेपालको कम्युनिस्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ ।