दुर्गा प्रसाईँ बिरुद्ध झापाका महिला आन्दोलनमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दुर्गा प्रसाईँ बिरुद्ध झापाका महिला आन्दोलनमा



झापा । बिर्तामोडको विएण्डसी हस्पिटलमा नेपाल महिला संघ झापाले आइतबार कालो झण्डा गाडेका छ। एमबीबीएस पढ्न बंगलादेश जाने विद्यार्थीका बिषयमा हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिप्रति खेद जनाउदै महिलाले विरोध गरेका हुन् ।

प्रर्दशनमा उत्रिएका महिलाले हस्पिटलको प्रवेशद्वारामा कालो झण्डा गाडेर प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाली नारीको अस्मितामा आँच आउने गरी प्रसाईँले तथ्यहीन कुरा बोलेको भन्दै कारबाही गर्न सरकार समक्ष माग समेत गरे ।

महिला संघले आइतबार नै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाउदै प्रसाईँलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । प्रसाईँलाई कारबाही नभए कडा आन्दोलनमा जाने नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकालले बताइन् ।

प्रसाईँले हस्पिटलमा आयोजित पत्रकार सम्मेलनमा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली छात्रा ९ वर्षसम्म बस्ने र त्यहाँ उनीको अस्मिता प्रोफेसरहरुले लुट्ने विवादस्पद अभिव्यक्ति दिएका थिए ।

सो भिडियो एक एक सार्वजनिक भएपछि महिलासंघ विरोधमा उत्रिएको हो ।  यस सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बिएण्डसी अस्पताल बिर्तामोडका निर्देश प्रसाईँलाई पक्राउ गर्ने सरकारलाई पत्र पठाउने बताइन् ।