दुर्गा प्रसाईंलाई किन भएन कारवाही ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दुर्गा प्रसाईंलाई किन भएन कारवाही ?



काठमाडौं – कसैको गालीबेइज्जती गरे के हुन्छ ? कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा समूहका चेलीहरूलाई औंल्याएर दिएको मन्तव्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो ।

भूलबसै सही, कसैको मर्ममा प्रहार हुने गरी बोलेबापत तामाङले एक ढंगको कारबाही भोगेका छन् । तर यही कुरो उनले भन्दा चर्को स्वरले र पहिले भनेका थिए मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले ।

भक्तपुरमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएका उनले चेलीहरूको सामूहिक रूपमा हुर्मत लिने काम मात्रै गरेका होइनन्, पन्ध्रौं सत्याग्रहमा होमिएका डा. गोविन्द केसीलाई मर्न दिऊँसमेत पनि भने । उनका यी दुवै भिडियो टवीटर, फेसबुक र युट्युबमा भाइरल हुन पुगे ।

तीनै सञ्जालमा थुप्रै व्यक्तिले प्रसाईंलाई कारबाही माग राखी हेलो सरकारलाई मेन्सन गर्दै टवीटसमेत गरे। तर न सरकारले कुनै कारबाही गरेको छ न त उनीविरुद्ध कतै उजुरी परेको छ। आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।