दुर्गा पौडेलको आक्रोश - पैसा लिएर देश बेच्न पाँइदैन - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

दुर्गा पौडेलको आक्रोश – पैसा लिएर देश बेच्न पाँइदैन



राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पैसा लिएर देश बेच्न नपाइने भन्दै संसदमा आक्रोश व्यक्त गरेकी छिन् । आज संसदमा एमसीसी टेबुल गर्ने कार्यक्रम रहेपछि उनले संसदमा बोल्दै यस्तो आक्रोश व्यक्त गरेकी हुन् ।

‘हाम्रो देश भन्दा ठूलो केही पनि छैन, यो पैसा केही पनि होइन,’ पौडेलले भनिन्, ‘पैसाका लागि देश बेच्न पाइदैन ।’

उनले एमसीसी संसदमा टेबल नगर्न आग्रह गरिन् । एमसीसीका विरुद्ध जनता उत्रेकाले यसलाई खारेज गर्नुपर्ने उनको जोड थियो ।

सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गर्दै उनले भनिन् – ‘एमसीसी केही होइन, यसलाई सूचीबाट नै खारेज गरेर जानुपर्छ । खारेज गरिदिनुस ।’