दुर्गा प्रसाईंलाई कारबाही माग गर्दै आयोगमा उजुरी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

दुर्गा प्रसाईंलाई कारबाही माग गर्दै आयोगमा उजुरी



काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिएण्डसी मेडिकल कलेजका प्रवन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ।

प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको हो। महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहिबार आयोगमा उजुरी दिएकी हुन्।

‘महिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानूनले दिएको छैन’ आयोगमा बुझाइएको भनिएको छ।

प्रसाईंलाई कारबाही नगरी छोड्दा उनको उश्रृङखल व्यवहारलाई थप प्रोत्साहन हुने जनाइएको छ।

नेविसंघ केन्द्रीय सदस्य जानुका पन्त,नमराज त्रिपाठी,विद्यार्थी नेताहरु तुलसा पन्त ,सुमधुर बराल, फोड्स अध्यक्ष सुबास घिमिरे लगायतका विद्यार्थी नेता कार्यकर्ता महिला आयोग पुगेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए ।