पक्राउ गर्न प्रहरी घर पुग्दा दुर्गा प्रसाईं फरार
काठमाडौं । झापा विर्तामोडको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
जिल्ला अदालत भक्तपुरले आज प्रसाईंलाई पक्राउ गर्न अनुमति दिए लगत्तै उनी फरार छन् ।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो ।
अनुमति पाए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए । तर प्रसाईं भने फरार रहेका छन् ।