अब सबैको दुःखको दिनको अन्त्य गरिन्छ :प्रम ओली - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अब सबैको दुःखको दिनको अन्त्य गरिन्छ :प्रम ओली



काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु सुखै हुनैपर्ने बताएका छन् । अब सबैको दुःखको दिनको अन्त्य गरिने पनि ओलीको भनाई छ । उनले देश समृद्ध बनाउनुपर्ने आफ्ना धारणाले केहीको छाती पोल्ने गरेको पनि टिप्पणी गरे ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा मजदुर संगठनको सभालाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले सुखी नेपाली बनाउने आफ्नो धारणाले केहीको मन पाकेको बताएका हुन्। उनले भने,‘समृद्ध नेपाल सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो। नेपाली जनता सुखी हुनै पर्छ। दुखको दिन अन्त्य गरिन्छ।’

उनले सरकारले हाँसिल गरेको आर्थिक वृद्धिदर राम्रो भएको जिकिर गरे। आर्थिक वृद्धिदरको आँकडा अन्तराष्ट्रिय हो भन्दै ओलीले थपे,‘अहिलेको नेपाल हेरेर विश्व बैंकले ’राइजिङ स्टार’ भनेको छ। यो विश्वास आँकडाका आधारमा जगाइएको हो।’