सर्वोच्चमा संकट देखिएका बेला दुई न्यायाधीश नाटकीय रूपमा भारत पुगे
काठमाडौ- सर्वोच्च अदालतमा संकट देखिएका बेला सर्वोच्च अदालतकै दुई जना न्यायाधीश नाटकीय रूपमा भारत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा विवाद चर्किएको बेला उनीहरू नाटकीय रूपमा भारत लागेका हुन् ।
बुधबार बिहान सेनाको हेलिकप्टरमा नेपालगञ्ज पुगेका न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा भारत पुगेका छन् । जिल्ला भ्रमणका लागि भन्दै नेपालगञ्ज पुगेका उनीहरू बिहानै भारततर्फ लागेका थिए ।
सर्वोच्चमा विवाद देखिएका बेला उनीहरू नाटकीय रूपमा भारत जानुलाई अर्थपूर्ण मानिएको छ । बुधबार बिहान नेपाली सेनाको पुमा हेलिकोप्टरबाट उनीहरू नेपालगञ्ज पुगेका थिए। नेपालगञ्जबाट न्यायाधीशद्वय प्रधान र सिन्हा एउटै गाडीमा भारत लागेको स्रोतले बताएको छ ।
प्रधानन्यायाधीश जबराकोमाथि गम्भीर प्रश्न उठाएर राजीनामा मागिएकै बेला प्रधान र सिन्हा भारत किन गए भन्ने खुलेको छैन ।