देउवालाई दुई विकल्प सुनाएर फर्किए प्रचण्ड र माधव - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

देउवालाई दुई विकल्प सुनाएर फर्किए प्रचण्ड र माधव



काठमाडौं- अमेरिकी सहयोग एमसीसीले गठबन्धन टुट्न लागेको चर्चाबीच प्रधानमन्त्री शेरबहादुर देउवानेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालसँग बिहिबार बिहानै प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने भन्दै थप दवाव प्रस्तुत गरेका थिए ।

प्रचण्ड र नेपालले भने एमसीसीलाई अहिलै संसदमा लैजान हतारो गर्नु राम्रो नहुने बताएका थिए । जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्ने बेलामा यस्तो निर्णय गर्दा उल्टै फसिने बताएका थिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउनु भनेको चुनावी माहोल नै बिगार्नु जस्तै भएको बताएका थिए ।

प्रचण्ड र माधवले दुई विकल्प दिँदै देउवालाई नयाँ प्रस्ताव गरेका थिए । एमसीसीलाई कि त संशोधन गर्नुपर्ने नत्र चुनावसम्म रोक्नुपर्ने नयाँ प्रस्ताव उनीहरूको वैकल्पिक प्रस्ताव थियो । प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताएका थिए ।

बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए । भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको बताइन्छ ।