अपडेट: भारतीय विमान दुई टुक्रा, तीनको मृत्यु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अपडेट: भारतीय विमान दुई टुक्रा, तीनको मृत्यु



एजेन्सी- भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भारतीय समय अनुसार साँझ सवा आठ बजे भएको थियो ।

१७७ जना यात्रु बोकेकार बिमान उत्रने क्रममा दुई टुक्रा भएको थियो । घटनाको थप विवरण आउने क्रममा रहेकोले थप हताहती भएको हुनसक्ने जनाइएको छ ।

पूर्ण विवरण आउन बाँकी छ