दुई तिहाईको काइते सरकार ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दुई तिहाईको काइते सरकार !



‘राज्ययन्त्रहरूले सरकारलाई टेरेनन्’ !

प्रधानमंत्री, मंत्रीहरूले भनिरहने कुरा हो यो !
नेकपाका अर्का अध्यक्ष पुष्पकमल पनि त्यस्तै कुरा गरिरहेका छन् !

फेरी उनीहरू नै भन्छन् –
‘दुई – तिहाई बहुमतको यो सरकार
इतिहासकै बलियो सरकार !

इतिहाँसकै बलियो सरकारलाई किन कर्मचारीले टेरेनन् ?
राज्ययन्त्रहरूले किन टेरेनन् !
किन शिक्षक-प्राध्यापक डाक्टर, इन्जिनियर आदि पेशीकर्मीले टेरेनन् !
सुरक्षा यन्त्रले किन टेरेन ?
कसको आड र भरमा टेरेनन् त ?

कर्मचारी तन्त्रमा कार्यकर्ता !
न्यायपालिकामा कार्यकर्ता !
सुरक्षा संयन्त्रमा कार्यकर्ता !
पेशागत सङ्गठनहरूमा कार्यकर्ता !
विश्व विद्यालयमा कार्यकर्ता !
राजदूतमा कार्यकर्ता !
योजना आयोगमा कार्यकर्ता !
संवैधानिक निकाय, कम्पनी, संस्थान,प्राधिकरण सबैतिर कार्यकर्ता !

आफ्नै कार्यकर्ताले टेरेनन् !

गृहमंत्री भन्छन् – ‘सरकारले मात्र शान्ति सुरक्षा कायम गर्न सक्दैन !
‘सकेन !’
समाज आउनु पर्यो !
समुदाय आउनु पर्यो !

सम्भवत संसारको कुनै गृहमंत्रीले यसो भन्दैन !
सरकार शान्ति सुरक्षाकै लागि हो !

क्रान्तिकारि नारा, लहड र सनकमा समाज ध्वस्त पारेको होइन ?
एनजीओ आइएनजिओ लगाएर समुदाय मासेको होइन ?
अव कुन समाज ?
कुन समुदाय ?
अव समाज- समुदाय जे भने पनि नेकपा, काङ्ग्रेस , फोरम, राजपा र उनीहरूका खेताला संगठनहरू मात्रै हुन् गृह मंत्रीज्यू !

वरिष्ट सरकारी कर्मचारीलाई शौचालयमा थुन्ने मंत्रीले त्यही संरचनाबाट काम गराउन सक्दछ ? मन्त्रीले सिडिओलाई कुट्दा रमिता हेरेर बस्ने सिडिओको अङ्गरक्षक र मन्त्रीलाई कारवाही नगर्ने प्रधानमंत्रीहरुले त्यो संरचनाबाट काम गराउन सक्छन ?

कर्मचारी तन्त्रको विश्वास र उर्जाको नेतृत्व गर्ने हो मंत्री र प्रधानमंत्रीहरूले !
दिनहौं उनीहरूलाइ सरापेर बस्ने होइन !
अन्य राज्ययन्त्रहरूको हकमा पनि त्यही हो !

मूख्य कुरो सरकार इमान्दार हुने र इमान्दार देखिने हो !
सरकार इमान्दार छ भन्ने मात्रै अनुभूति राज्ययन्त्र र जनतामा गराउन सक्ने हो भने मुलुकका तीन चौथाई समस्या र चुनौती आफैं व्यवस्थित हुन् थाल्दछन !
बाँकी एक चौथाई – नीति, नियम, कानुन र प्रधान मंत्री र मंत्रीहरुको नेतृत्व क्षमताले समाधान हुन्छ !

त्यो नेतृत्व क्षमता भनेको सक्षम, योग्य व्यक्तिहरूलाई उचित जिम्मेवारी दिएर उनीहरूको सम्पूर्ण निष्ठा र क्षमता आफ्ना नीति र कार्यक्रमहरूमा लगानी गर्ने क्षमता हो !
क्षमताहीन आसेपासे र भरौटेहरूलाई सेवा प्रदायक संरचना र राज्ययन्त्रलाई संचालन गर्ने मुलुकका महत्वपूर्ण जिम्मेवारीमा राखिएको छ !
अनि भुत्रो काम गरुन ती संरचना र संयन्त्रले !

राष्ट्रको केन्द्र भत्काएर त्यसको चुरो मासे पछि पछि जति ठूलो जनमत र संसदीय शक्तिले पनि शक्ति दिँदो रहेनछ भन्ने कुरो बुझ्नु पर्ने सबैले बुझे हुन्छ !!!

संसद झन्डै प्रतिपक्षविहीन जस्तै छ !
नेपाली काङ्ग्रेस इतिहाँस मै सबै भन्दा कमजोर छ ( पंचायती शासनका अत्यन्त कठोर दिनमा पनि काङ्ग्रेस सरकारमा नभएको मात्रै हो,
मुलुकको राजनीतिको केन्द्रमा काङ्ग्रेस नै थियो !

अहिले काङ्ग्रेस सरकारमा मात्रै होइन, राजनीतिको छेउमा पनि छैन !
ऊ राजनीतिमा नै छैन भने पनि हुन्छ !
उ नेकपा भन्दा फरक नै छैन !
उसको पहिचान नै छैन !
त्यसैले चितवनमा उसको उम्मेदवार रेणु दाहाल हुन्छिन र गोरखामा बाबुराम भट्टराई !
यति इमान्दारीका साथ शेरबहादुर , रामचंद्र र शशांकहरले गिरिजाप्रसादको अत्यन्त इमान्दारीताका अनुशरण गर्दा पनि भएन भने अव केही उपाय छैन प्रधानमंत्रीज्यू !
पुष्पकमल दाहालज्यू !
बादल ज्यू !

जनता विकल्प दिने स्थितिमा छैनन् र यो सरकारको विस्थापन पनि खोजिरहेका छैनन् !
सरकारको सफलताकै कामना गरिरहेका छन् !
तै पनि सरकार निरीह !

कठै बुद्धि !

कारण आफैंमा खोज्नुस साप !

अन्त्यमा, प्रधानमंत्री , मंत्री गण , प्रतिपक्षी सबै दल र तिनका भात्खौरे संगठनहरूलाई दुर्गा भगवतीले सद्बुद्धि प्रदान गरुन !

(शिक्षक संघका पुर्व अध्यक्ष केशबप्रसाद भट्टराईको फेसबुकबाट)