दुई श्रीमती विवाह गर्ने पुरुषलाई सरकारले घरभाडा र भत्ता दिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दुई श्रीमती विवाह गर्ने पुरुषलाई सरकारले घरभाडा र भत्ता दिने



काठमाडौं – दुई श्रीमती विवाह गर्ने पुरुषले नेपालमा ठूलो झमेला बेहोर्नु पर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात युएईमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषलाई दोस्रो विवाह गर्नका लागी प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागु गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

युएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै युएइमा अविबाहित महिलाहरुको दर घट्ने अनुमान गरिएको छ अन्तरराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।