दुई सांसदले गरे माधव नेपाल समुहबाट विद्रोह - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

दुई सांसदले गरे माधव नेपाल समुहबाट विद्रोह



काठमाडौं- दुई जना सांसदले नेकपा एमालेको माधव कुमार नेपाल समुहमा विद्रोह गरेका छन् । राजिनामा नगर्ने भन्दै दुई सांसदले बैठक छाडेर हिंडेका छन् ।

बैठकमा राजीनामाको विषयमा छलफल भएको र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै निस्केका हुन् । उनीहरू बैठकको बीचमै बाहिरिएका छन् ।

सांसदहरू​ पार्वतीकुमारी विशुन्खे र समिना खातुनले बिचैमा बैठक छाडेर निस्केका हुन् । बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठकले सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।

खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो ।

सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् ।