'डबल नेकपा'मा दुई राजा, घनश्याम भूषाल एक्लै समाजवादी: संग्रौला - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

‘डबल नेकपा’मा दुई राजा, घनश्याम भूषाल एक्लै समाजवादी: संग्रौला



काठमाडौँ । नव गठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को शीर्ष वरियतामा केपी ओलीलाई राखिएकाे छ । अब आलोपालो बैठकको अध्यक्षता गर्ने प्रावधान हटाईएको छ । नेकपाको सबैभन्दा शीर्ष वरियतामा केपी ओली रहने छन् ।

यसअघि जसले वैठकको अध्यक्षता गर्‍यो उसको वरियता शीर्षस्थानमा रहने भनिएको थियो । तर, अब बैठकको अध्यक्षता दुबै अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल)ले गर्नेछन् । यस्तै, चिठ्ठी पठाउनु परे वा सर्कुलर गर्नु परे दुबै अध्यक्षको हस्ताक्षर रहने बताईएको छ । (ने क पा)भित्र तोकिएको मर्यादाक्रमलाई लिएर पार्टी भित्रै असन्तुष्टि बढेको छ । अर्कोतिर पार्टी ओलीवादमा अघि बढेको भन्दै भित्रभित्रै आलोचना हुन थालेको छ ।

त्यसको आलोचना बाहिर पनि उत्तिकै हुन थालेको छ । लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले समाजवाद र लोकतन्त्रका कुरा गर्ने (ने क पा)भित्र आन्तरिक लोकतन्त्र नरहेको बताएका छन् । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै, ‘ने क पामा दुई राजा छन् र बाँकी सबै आदेश पालक र प्रजा हुन्’ भने ।  उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चरित्रबारे खुलेरै टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो भन्दा धेरै धृष्ट, कुटु, अप्रिय सुनिएला । यो डबल नेकपा छ, नि ! डबल नेकपमामा दुईटा राजा छन् । बाँकी सबै अादेश पालक र प्रजा हुन् । उनले अगाडि भने, ‘घनश्याम भूषालबाहेक ।’

धन्न बरा घनश्याम भूषाल एक्लै नागरिक हकको पक्षमा, विधिको पक्षमा, समाजवादको पक्षमा बोलिरहेका छन्, उनले थपे, ‘बाँकी सबै  मौन समर्थक, आदेश पालक, कृपाको आकांक्षी हुन् ।’ यसअघि उनले प्रधानमन्त्री समेत रहेका केपी ओलीमा ज्ञानेन्द्रको झल्को आएको भनि टिप्पणी गरेका थिए । घनश्याम भूषाललाई भने उनले समाजवादका पक्षधर–भनेका छन् ।