अब दुई प्रकारको हुनेछ सवारी चालक अनुमतिपत्र - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

अब दुई प्रकारको हुनेछ सवारी चालक अनुमतिपत्र



काठमाडौं- यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, “पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’’

त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरण गर्न लागिएको उनले बताए ।

ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई ‘क्यूआर’ (क्विक रेसपोन्स) कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण गरिने उनले जानकारी दिएको समाचार गोरखापत्रमा छ ।