केहि समयको अन्तरमा दुई पटक भूकम्प - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

केहि समयको अन्तरमा दुई पटक भूकम्प



काठमाडौ- सिन्धुपाल्चोकमा केहि समयको अन्तरमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङथुङलाई केन्द्र बनाएर सोमबार दिउँसो भूकम्प गएको हो।

१० सेकेन्डको अन्तरालमा उक्त क्षेत्रमा दुई पटक भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पाङथुङलाई केन्द्र बनाएर १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।