संसद सचिवालयले भन्यो: दुई वटा नेकपा चिन्दैनौँ - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

संसद सचिवालयले भन्यो: दुई वटा नेकपा चिन्दैनौँ



काठमाडौं । संघीय संसद सचिवालयले दुई वटा नेकपा नचिन्ने जनाएको छ । सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए ।

पाण्डेले भने, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’