वामदेवसँग लिएको दुई करोड पैसा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वामदेवसँग लिएको दुई करोड पैसा



उमेश गिरी, नेता, नेकपा

काठमाडौं । म अहिले सोच्छु, दुर्गा दाइ र म कम्युनिस्ट रहेछौँ । कांग्रेसलाई चिनेनछौँ । कांग्रेसका लागि धेरै ग-यौँ, तर सामान्तहरूले कांग्रेसलाई सके । बाहुनवादको जालोले कांग्रेसलाई सक्यो । थर र गोत्रको माखेसाङ्लोमा कांग्रेस फस्यो । दुर्गा दाइकै प्रेरणाले म कांग्रेस भएँ । दुर्गा दाइ आफैँ पनि फसे, मलाई पनि फसाए । यसैले ढिलै भए पनि म एमालेमा प्रवेश गरेको हुँ ।

मेरै आग्रहमा पूर्वगृहराज्यमन्त्री भीमराज राजवंशी पनि प्रवेश गरेका हुन् । ०६४ को निर्वाचनमा महेशलाई हराउने भीमराज नै हुन् । तर, उनले केही पाएनन् ।

फोरम नेपालबाट फुटेपछि गच्छदारले मलाई आफ्नो पार्टीमा आउन भने । मैले पहिले भीमराजलाई मन्त्री बनाऊ अनि म आउँछु भनेपछि उनी गृह राज्यमन्त्री बने । तर, म विजयलाई राम्रोसँग चिन्थेँ । उसको पार्टीमा गइनँ । म केही पाउँछु भनेर नेकपामा आएको होइन ।

मैले वामदेव गौतमबाट दुई करोड लिएको थिएँ, कांग्रेसलाई हराउन । त्यो पैसा सबै कोइरालाहरूको हैकम तोड्नकै लागि खर्च गरेर सके । नयाँ पत्रिका दैनिकबाट साभार