प्रदीप पौडेल भन्छन: ओली र नेम्वाङ सामान्य ज्ञान पनि नभएका दुई जिब्रे - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रदीप पौडेल भन्छन: ओली र नेम्वाङ सामान्य ज्ञान पनि नभएका दुई जिब्रे



काठमाडौ- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति र स्थायी कमिटी सदस्य सुवास नेम्वाङप्रति कडा टिप्पणी गरेका छन्।

पौडेलले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको बेला संविधानको अन्तिम व्याख्या गर्ने ओली ग्याङ्गले हो कि सर्वोच्च अदालतले? भन्दै प्रश्न गरेका छन्।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बिकसित घटनाक्रमलाई लक्षित गर्दै उनले सुवास नेम्वाङ दुई जिब्रे भएको बताएका छन् ।

नेम्वाङलाई दुई जिब्रो भएको व्यक्ति बताउँदै पौडेलले भनेका छन्, ‘दुई जिब्रो, पहिला नम्र बोली, अहिले ओली–ओली।’

पौडेलले संविधानसभाका अध्यक्ष भएका व्यक्तिलाई संविधानले दिएको अधिकार कति हो भन्ने पनि हुँदैन? भन्दै नेम्वाङलाई प्रश्न समेत गरेका छन्।

एक वर्ष अगाडि नेम्वाङले एक कार्यक्रममा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भिडियो सार्वजनिक भएको थियो।

सोही भिडियोलाई लिएर पौडेलले नेम्वाङलाई प्रश्न गरेका छन्, ‘एक वर्ष अगाडि आफैले बोलेको कुराले गिज्याएन र कम्रेड?’