दुई बस दुर्घटना: १३ जना घाईते ! - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

दुई बस दुर्घटना: १३ जना घाईते !



चितवन- काठमाडौँबाट प्युठान र वीरगन्ज जाँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो।

काठमाडौँबाट प्युठान हिँडेको ना ४ ख ६५९१ नंको बस र काठमाडौँबाट वीरगन्ज हिँडेको ना ७ ख ५०२३ नंको बसलाई भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५२९४ नंको ट्रकले ठक्कर दिएको हो।

दुर्घटनामा परी प्युठानतर्फ हिँडेको बसका चालकसहित १२ यात्रु र ट्रकका चालक घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको चितवन मेडिकल कलेज र ११ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा ट्रक चालक कपिलवस्तु चिरुरीका ४१ वर्षीय कृष्ण चौधरी र बसका यात्रु प्युठान खलंगाकी ६० वर्षीया सावीदेवी घर्तीमगर र प्युठानकै नौगिरीटारकी २७ वर्षीया पवित्रा घर्तीमगर रहेका छन्। रासस

फाइल तस्विर