दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने तयारी ! - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने तयारी !



काठमाडौं,फागुन १९ ।

ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी तयारी भइरहेको बताएका छन् ।

जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज( नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी जनताको लगानी’ तथा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना’ बारेको अन्तरक्रियामा सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर खाना पकाउने ग्यास बिस्थापन गर्ने नीति बनाइरहेको बताएका छन् ।

ऊर्जामन्त्री शर्माले भने, ‘आगामी दुई वर्षभित्र खाना पकाउने ग्यासलाई बिजुलीले विस्थापित गर्नेगरी काम गरिरहेका छौं ।’

हाल देशभर वार्षिक करिब ६५ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात भइरहेको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. अमृतमान नकर्मीका अनुसार ग्यासलाई बिजुलीले विस्थापित गर्न करिब ६ सय मेगावाट बिजुली आवश्यक पर्छ ।