नेपाल प्रहरीको दुई एआईजीमा निरज शाही र प्रध्युम्न कार्की सिफारिस
काठमाडौ । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको २ प्रहरी अतिरिक्त महानिरीक्षकमा निरज शाही र प्रध्युम्न कार्की सिफारिस गरेको छ ।
एआईजीको दौडमा रहेका अर्का डिआईजी बिश्वराज पोखरेललाई भने प्रधान कार्यालयले सिफारिस गरेन ।
गृह मन्त्रालयलाई सिफारिस गरेर प्रधान कार्यालयले पठाएको छ । अव बस्ने मन्त्रिपरिषदको बैठकले एआईजीको बढुवा गर्ने भएको छ ।