पानीको निकास नहुदा डुबान

विशाल पाण्डेय/कैलाली –
बर्षा सुरु भएपछि जम्मा हुने पानीको निकास नहुदा वर्षेनी कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थान डुबानमा पर्ने गरेका छन् । केही दिन देखि परेको अविरल बर्षाले नगरपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका छन ।
अविरल बर्षाले मुख्यत वडा नं. १ को पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा पर्ने गरेका छन् । यस्तै वडा नं १ कै शान्तिनगर समेत डुबानमा परेको छ ।

गएरातीको पानीले स्थानीय इश्वरी न्यौपाने विकको घर डुबानमा परेको हो । सडक बनाउदा पानी निकासको लागी नालीको ब्यबस्थापन नहुदा पानीको निकास बन्द भई डुवानमा परेको विकले जानकारी दिइन् ।
सामान्य पानी पर्दा पनि सधै डुबान हुने क्षेत्रमा सामान्य निकास दिन नसकेकोमा डुबान क्षेत्रका स्थानिय निराश बनेका छन । डुबानमा परेपछी सामान्य रुपमा हिँडडुल गर्न समेत समस्या भएको सुन्दरपुरका स्थानीयहरुले बताएका छन् । यो एक साल मात्र नभई प्रत्येक साल यस्तै हुँदा पनि निकासाका लागि केही पहल कदामी नगर्दा स्थायिनले स्थानिय सरकार, प्रदेश तथा संघीय सरकार प्रति आक्रोस ब्यक्त गरेका छन् ।
राष्ट्रिय मावीका शिक्षक तथा स्थानीय राजु बस्नेतले शान्तिनगर सडक कालोपत्रे बनाउदा पहिला पानी निकासको लागि नालाको आवश्यकता पर्ने बताउदा पनि कसैले नसुनेको गुनासो गरे । उनले स्थानीय बासिन्दा नालाको लागि तयार हुँदा पनि उपभोक्ता समितिले नाला निर्माणमा चासो नदिएको आरोप लगाएका छन् । ‘नाला नहुदा शान्तिनगर डुबानमा पर्छ भनी पटकपटक स्थानीयहरुले भन्दा पनि उपभोक्ता समितिले लापरबाही गर्यो ।’ उनले भने, ‘ भविस्यको बारेमा नसोची पानी निकास नगरी सडक कालोपत्र गरिदा घर नै डुबानमा पर्यो ।’

घोडाघोडी नगरपालिका वडा नं १ का अध्यक्ष मनराज शाहीले स्थानीयहरुले घर बनाउदा होम पाइप पुरी जग्गा निकाल्दा डुबानमा परेको बताए । उनले भने , ‘कृषि बैक तथा नगरपालिका कार्यालय नजिकमा ३/४ ठाउँमा होम पाइप थियो ‘। स्थानीयहरुले घर बनाउदा पुरी पानी निकास हुने ठाउँ भएन । त्यसैले यस्तो समस्या आयो । ‘
शान्तिनगरमा सडक कालोपत्रे गर्दा नाला आवश्यक पर्छ भन्दा नमामी सडक मात्र बनाइएको बताए । उनले थपे ,’ स्थानीयले त्यतिबेला कालोपत्रे हुँदा खुशी भए पछि के हुने हो भन्ने सोचेनन अहिले पछुताउन पर्ने भएको छ ।’
अध्यक्ष शाहीले स्थानीय सहमत भएपछी र कहाँबाट निकास निकाल्ने भन्ने जानकारी दिएपछि आफुले हालचाल लाई पानी निकासको लागि कच्ची नाला बनाइ होम पाइप उपलब्ध गराउने बत्ताए ।

