दुवै पार्टीका अध्यक्ष मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको छ :प्रचण्ड - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

दुवै पार्टीका अध्यक्ष मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको छ :प्रचण्ड



चितवन। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको मिति आगामी १४ गते तोक्ने गरि पार्टी एकताको सम्झदारी भएको बताएका छन् ।

‘ समस्या केहि पनि छैन्, अध्यक्ष प्रचण्डले भने, ‘दुवै पार्टीका अध्यक्ष मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको छ ।’

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिदै प्रचण्डलेले हतारमा एकता गर्ने अनिपछि यो कुरा पहिला नै सल्लाह गर्नुपर्ने भने अवस्था नहोस् भनेर एकता घोषणा ढिला भएको स्पष्ट पारे ।

साथै उनले दुई अध्यक्षले पर्याप्त समय निकाल्न नसक्दा एकता प्रक्रियामा ढिलाई भएको बताए । ‘प्रधानमन्त्रीज्यू पनि निकै व्यस्तता हुनु भो, म पनि प्रधानमन्त्री नभएपनि व्यस्त छु । तपाईहरुले देख्नु भएको छ,’ प्रचण्डले भने, ‘समय अभावले एकता ढिलो भएको हो ।’

दुई चार दिन एकता ढिलो भएपनि एकता सम्झदारीमा खलल नआहोस् भनि ढिला गरि एकता हुन लागेको बताए ।

साथै प्रधामन्त्री केपीजी भारत गएपछि उहाँकै निम्तोमा मोदीको नेपाल भ्रमणमा आउने लागेको समेत उनले बताए ।

यो भ्रमणले दुई देश विचको सम्बन्ध सन्तुलन र सुढुढी हुनेछ उनले भने ।साथै उनले भातरीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथ पनि जाने कार्यक्रम धेरै पहिले देखि नै भएको जानकारी दिदै मोदीले जनकपुर र मुक्तिनाथ दर्शन समेत गर्ने बताए ।

मोदीजीको भ्रमणले दुई देश विचको सम्बन्धमा नयाँपन दिने समेत प्रचण्डले दावी गरे ।