सुन प्रकरणमा डीएसपी तानिए - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सुन प्रकरणमा डीएसपी तानिए



काठमाडौं- कमलादी सुन काण्ड रहस्यीमय बन्दै गएपछि दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल प्रहरी एकेडेमी तानिएका छन् । उनलाई काजमा एकेडेमी तानिएको हो ।

डीएसपी दाहाल नेतृत्वको टोलीले मंगलबार कमलपोखरीबाट १५ किलो सुन बरामद गरेको समाचार आएको थियो । तर चेकजाँचका क्रममा साढे १४ केजी सुन नक्कली परेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

सुन भनेर हल्ला फैलाइएको उक्त वस्तु चाँदी भएको पत्ता लागेपछि घटना झनै संकास्पद बनेको थियो । घटना संकास्पद भएको भन्दै प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । तर सो क्षेत्रको सीसीटीभी फुटेजमा भने त्यस्तो कुनै घटना नभएको देखिएको बताइएको छ ।

प्रहरीले गाडीबाट फालिएको झोलामा धातु र हतियार बरामद भएको बताए पनि सीसीटीभी फुटेजमा भने फालेको नभई गाडीमा सवार व्यक्तिले प्रहरीलाई झोला दिएको खुलासा भएको श्रोतले जानकारी दियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा अपराध महाशाखाको समन्वयमा जिप्रका नवलपरासी पूर्वले तीन जनालाई पक्राउ गरेको छ ।