कोरोनाले लग्यो काठमाडौंका डिएसपी केसीको ज्यान - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

कोरोनाले लग्यो काठमाडौंका डिएसपी केसीको ज्यान



काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको निधन भएको छ।

कोरोनाभाइरस संक्रमणपछि उपचार गराइरहेका केसीको आज निधन भएको एक प्रहरी अधिकृतले जानकारी दिए।

उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको थियो। गत वैशाख २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।