डाक्टर कुट्न लगाउने डीएसपी जिम्मेवारीबाट हटाइए - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

डाक्टर कुट्न लगाउने डीएसपी जिम्मेवारीबाट हटाइए



काठमाडौँ- महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ।

मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको जानकारी दिए।

यसअघि बिहीबार बिहान मेट्रोले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा एसपी मुकेश सिंह र डीएसपी होबिन्द्र बोगटी सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश शाह र विकास शाहले ड्युटी सकेर खाना खाएर फर्किरहेका बेला प्रहरीले पिटेको आरोप लगाएका छन्। स्रोतका अनुसार लम्साल आफुले नपिटेपनि उनी घटनास्थलमै उपस्थित थिए।