लागू औषधसहित ४ जनालाई पक्राउ

नवलपारसी । जिल्ला प्रहरी कार्यालयले नवलपरासी, बर्दघाट सुस्ता पूर्वले ठूलो परिमाणमा लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ । लागू औषध छोड्न आएका २ जना र लागू औषध लिन आएका दुई जना गरी ४ जनालाई मध्यविन्दु नगरपालिका ८ चोरमारा फूलबारी चोकबाट पक्राउ गरेको मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर कावासोतीमा पत्रकार सम्मेलन जानकारी दिएको छ ।
नवलपरासीको पाल्ही नन्दन गाउँपालिका– ३ बस्ने २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका– १० बस्ने २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका– ६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती १३ निवासी ३२ वर्षीय बलराम महतोलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक लालध्वजय सुवेदीले बताए अनुसार उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजापाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागू औषध बरामद गरिएको छ ।
साथै, उनीहरुको साथबाट प्रहरीले ६ थान मोबाइल, ११ हजार पाँच सय रुपैयाँ नगद, उनीहरुले प्रयोग गरेको लु १५ प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरि आफ्नो नियत्रणमा लिएको जानकारी दिएको छ ।
फाइल तस्विर

