डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको



-तेजेन्द्र पाण्डेय

पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको १७ औ दिनसम्म आइपुग्दा केसीको स्वास्थ्य स्थिति धेरै नाजुक भैसकेको छ । चिकित्सा र चिकित्सा शिक्षा क्षेत्रको सुधार हुनुपर्ने केसीका प्रमुख माग हुन जिवनमरणकै अवस्थामा पुगेका केसीको बारेमा पाँच नम्बर प्रदेशका मन्त्री देखि मेडिकल सन्चालकलहरुले स्वास्थ्य अवस्थाको बारेमा ठुलो चिन्ता व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल पाँच नम्बर प्रदेश कार्यालय बुटवलले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रमका सहभागी बक्ताले केसीको माग भन्दा पनि तत्कालको लागि उनको शारीरिक अवस्था महत्त्वपूर्ण भयको बताए ।

प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले डा. गोविन्द केसीको बिग्रँदो स्वास्थ्य अवस्थाको बढी चिन्ता गरे । उनले पहिला डा. केसीको स्वास्थ्य अवस्थामा सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताए

मन्त्री बरालले केसीका माग लाई त्यति प्राथमिकता दियनन जति स्वास्थ्य अवस्थाको चिन्ता गरे ।

उनले राज्यको पहिलो दायित्व जुम्लामा अनसन बसेका केसीको जीवन रक्षा गर्नु भयको बताए ।

साक्षात्कारमा सहभागी लुम्बिनी मेडिकल कलेज पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले पनि डा. केसीका माग भन्दा पनि अहिलेको लागि उनको स्वास्थ्य बढी महत्त्वपूर्ण भयको उल्लेख गरे ।

आफ्नो धारणा राख्दै पोखरेलले भने तत्काल डा. साबको अवस्था सही हुनुपर्‍यो अरू कुरा वार्ताबाट हुन्छ । अध्यक्ष पोखरेलले डा. केसीका सबै माग जाहेज नभयको पनि तर्क गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाको चिन्ता गर्दै भने छिटो भन्दा छिटो डा. केसीको स्वास्थ्य सुधार्ने काममा सरकार लागोस् ।

त्यसै गरी नेपाल चिकित्सक सङ्घ लुम्बिनीकी अध्यक्ष डा. नन्दा गुरुङ्गले गोविन्द केसीको अनसन अब हट्नु पर्ने बताइन । समस्याको दीर्घकालीन समाधान निकाली अनसन बस्न नपर्ने बनाउन राज्यले ध्यान दिनु पर्ने उनले सुझाव प्रकट गरिन । अनसन बाट डा. केसीको शरीरमा ठुलो समस्या देखियकाले केसीको स्वास्थ्य अवस्थामा राज्य गम्भीर हुनुपर्ने डा. गुरुङ्गले बताइन ।

साक्षात्कारका बक्ता देवदह मेडिकल कलेजका अध्यक्ष रजनिस जिन्दलले डा. केसीका मागको कुरा पछि गरेर अहिले उहाँको जीवन रक्षा महत्त्वपूर्ण भयको बताए ।

यता गोविन्द केसीसङ्ग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय सोमबारको मन्त्रीपरिसदले गरेको छ । १७ औ दिनसम्म आइपुग्दा केसीको शारीरिक अवस्था अत्यन्त नाजुक भयको चिकित्सकको भनाइ छ । गए रातिबाट केसीलाई छातीमा एकदमै पीडा परेको र सास फेर्न समेत गाह्रो भयको चिकित्सकहरूको भनाइ छ ।

केसीलाई सेप्सिसको समस्या देखा पर्ने सम्भावना भयको चिकित्सक बताउछन । सेप्सिस शरीरको एउटा भाग बाट सङ्क्रमण सुरु भई पुरै शरीरभरि फैलिने समस्या हो ।

डा. केसीको विषयमा सडक र सदन दुवै तिर चर्चा त छ तर उनी भने कठिन शारीरिक समस्यामा छन् । देशको स्वास्थ्य क्षेत्रको हितको लागि उनको सङ्घर्षमा नवगठित सरकारी वार्ता टोली गम्भीर हुनुपर्ने धेरै जनताको चाहना छ । यद्द्पि अहिलेको तत्कालको समयमा वरिष्ठ चिकित्सा डा. गोविन्द केसीको मागसङ्गै शारीरिक अवस्था पनि बढी नै महत्त्वपूर्ण छ ।

फाइल तस्विर