प्रधानमन्त्री र डा केसीबिच भेटवार्ता हुँदै ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री र डा केसीबिच भेटवार्ता हुँदै !



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच शनिबार भेटवार्ता हुँदैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने तय भएको प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

चिकित्सा शिक्षा विधेयकमा भएको तोडमोडको विरोधमा डा. केसी २७ दिनसम्म अनशन बसेका थिए । सरकारसँग सम्झौता भएपछि साउन १० गते अनशन तोडेका थिए ।

तर सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको डा. केसीको आरोप छ । यहिबिचमा प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा. केही बिहान ११ बजेपछि बस चढेर बालुवाटार पुग्ने बताइएको छ ।