सुवास नेम्वाङ र डा केसी पक्षबीच छलफल सकियो ! - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

सुवास नेम्वाङ र डा केसी पक्षबीच छलफल सकियो !



काठमाडौं- डा गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ र डा गोविन्द केसी पक्षबीच भएको छलफल सकिएको छ।

छलफल सकारात्मक भएको डा केसीका तर्फबाट छलफलमा सहभागि डा अभिषेकराज सिंहले जानकारी दिए।

‘उहाँसँग करिब १ घण्टा छलफल भएको थियो,’ उनले भने, ‘छलफलमा सबै कुरा सकारात्मक भएको छ। अब पुन अर्को चरणको छलफलले निष्कर्ष निकाल्न सक्छ।’ उनका अनुसार छलफल चिकित्सा शिक्षा विधेयकमा केन्द्रित थियो।

डा केसीको प्रमुख माग पनि विधेयकमा नै छ। विधेयकमा रहेका मुख्य बुँदा नै हटाएपछि डा केसी अनसनमा बसेका हुन्।

‘हटाइएका सबै विषयमा छलफल भएको छ’ सिंहले भने, ‘यी कुरामा पुन अर्को छलफलमा टुंगोमा पुग्न सक्नेछ।’

छलफलमा नेम्वाङ र सिंहसहित डा केसीका तर्फबाट डा जीवन क्षेत्री र सुमन आचार्य पनि सहभागि थिए।

यसैगरी, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, केदारभक्त माथेमा, डा रमेशकान्त अधिकारी, डा मदन उपाध्यासहितको टोलीले पनि छलफल गरेको थियो।