गोविन्द केसीको मागले गति लियो, विधेयक संसदमा प्रस्तुत - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

गोविन्द केसीको मागले गति लियो, विधेयक संसदमा प्रस्तुत



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने क्रम रोके पछि आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत भएको छ । डा. गोविन्द केसीले विधेयकमाथि प्रश्न गर्दै अनसन सुरु गरेपछि कांग्रेसले त्यसमा समर्थन गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।

गएराति डाक्टर केसी र सरकारबीच सहमति भएको थियो । त्यसबारे आज सदनमा जानकारी गराइएपछि कांग्रेसले संसद अवरुद्ध गर्न छाडेको हो । कांग्रेसका तर्फबाट दर्ता भएको विरोधको सुचना पनि फिर्ता लिएपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका छन् ।

प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेछ । यसअघि प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको ९ बुँदे सहमतिपत्रको प्रतिलिपि उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।