डा. केसीको मागप्रति मोहन वैद्यको ऐक्यबद्धता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. केसीको मागप्रति मोहन वैद्यको ऐक्यबद्धता



काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर अध्यक्ष वैद्यले डा. केसीलाई भेटेका हुन् ।

भेटमा अध्यक्ष वैद्यले डा. केसीले उठाएका माग जायज रहेको भन्दै ऐक्यबद्धता जनाएका छन् । यसअघि नेकपा क्रान्तिकारी डा. केसीको मागप्रति मौन रहेको थियो ।

यसअघि त्रिवि नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शत्तिः पार्टी नेपालकी नेतृ करिष्मा मानन्धरलगायतले डा. केसीलाई भेटी उनको मागप्रति ऐक्यबद्धता जनाएका थिए ।

गत बिहिबार मात्र डा. केसीलाई जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमााडौं ल्याइएको थियो । जुम्लाबाट ल्याएलगत्तै डा.केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसरत रहेका छन् ।