ओलीबाहेक अरुसँग वार्ता गर्दिन: डा. केसी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीबाहेक अरुसँग वार्ता गर्दिन: डा. केसी



काठमाडौं । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरुसँग वार्ता नगर्ने सन्देश आज पठाएका छन् ।

केसीका समर्थक समेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार डाक्टर केसीले प्रधानमन्त्री ओलीसँगमात्रै वार्ता गर्ने ईच्छा व्यक्त गरेका छन् ।

अर्यालले भने,‘डाक्टर केसीको आग्रह छ, प्रधानमन्त्री आँफै वार्ताको लागि जुम्लामा जानुपर्छ, होईन भने उहाँले वार्ता गर्नुुहुँदैन्।’

फाइल फोटो