जनस्वास्थ्य विशेषज्ञको सुझाब: बालबालिकालाई नजिकको बिद्यालयमा भर्ना गर्नुहोस ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जनस्वास्थ्य विशेषज्ञको सुझाब: बालबालिकालाई नजिकको बिद्यालयमा भर्ना गर्नुहोस !



काठमाडौं /फागुन २४ 

धुलो, धुँवा र ध्वनि प्रदुषणको कारण काठमाडौं बिकराल भएको छ । यो समस्या ४-६ बर्ष लम्बिने अनुमान गर्न सकिन्छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । फोक्सो लगायत अंग पूर्ण रुपमा बिकास भएको हुँदैन ।

अहिले अधिकांश बालबालिकाको समस्या यस्तो छ – खाना कम खाने, थकाइ लाग्ने, आँखा पोल्ने, शरिर चिलाउने, रुघाखोकी निको नहुने, सास फेर्न गाह्रो हुने, गहिरो खोकी लाग्ने, पटकपटक बिरामी हुने, रिसाउने, झर्किने, पढ्न ध्यान नदिने आदि ।

हामीले बालबालिकालाई प्रदुषणबाट बचाउन नसके उनीहरुमा दम, ब्रोंकाइटिस, फोक्सोका कोष क्षय, मुटुको रोग, छालाको रोग, आँखा तथा कानको रोग, मस्तिष्कको समस्या, शारीरिक एबम मानसिक बिकासमा अवरोध जस्ता दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुन्छन् ।

यी र अन्य समस्याबाट मुक्त हुन बालबालिकालाई नजिकको बिद्यालयमा पढ़ाउनुहोस । सकभर बस प्रयोग नगराउनु होस् । नजिकका बिद्यालयमध्ये वातावरण मैत्री बिद्यालय छान्नुहोस् ।

बालबालिकाको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुहोस ।

लेखक :डा.रबिन्द्र पाण्डे ‘समिर'(जनस्वास्थ्य विशेषज्ञ)डा.रबिन्द्रलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोस