दशैंमा खानपिनबारे डा. पाण्डेका १० अमुल्य टिप्स - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दशैंमा खानपिनबारे डा. पाण्डेका १० अमुल्य टिप्स



काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैंमा खानपिनमा विशेष जोड दिइन्छ । वर्षको एक पटक मिठो मसिनो खाने परिवार पनि छ । धनीले दिनानुदिन माछामासु खाने गरे पनि न्यून आय भएकाले दशैंमा मात्र माछामासु खाने चलन पनि छ । तर ख्याल गरौं । रोगले धनी गरीव भन्दैन । खानामा होसियार होऔं ।

यी १० कुरामा ध्यान दिऔं–

१ दशैंमा साकाहारी वा मांसाहारी खाना खानु तपाईको इच्छा हो ।
२ बोंसो, छाला नखानुहोला । आंखाले देखेसम्म बोंसोलाई छानीछानी निकालेर मात्र मासु पकाउनुहोस् । अन्यथा झोलमा पग्लिएको बोंसोले कोलेस्टेरोल बढाउंछ ।
३ मासु ताजा मात्र खानुहोला । आजको आजै, भोलिको भोलि किन्नु उपयुक्त हुन्छ ।
४ रक्ति, आन्द्राभुंडी नखानुहोला ।
५ मासु खांदा १ भाग मासु, १ भाग हरियो तरकारी, एक भाग सलाद अनि १ भाग खाना खानुहोला ।
६ दही, मही, फलफूल, कागती पानी प्रशस्त खानुहोला ।
७ दिनको १ घंटा हिड्नुहोला ।
८ मदिरा सेवन गर्नेले सलाद तथा फलफूलसंग ठिक्क मात्रामा दिनको १ पटक मात्र सेवन गर्नुहोला । दिनमा १ पटक भन्दा बढी मदिरा सेवन गर्दा हानिकारक हुन्छ ।

९ सुगर, प्रेसर तथा मुटुको रोग भएकाले बोंसो तथा छालारहित ३–४ टुक्रा मासु खान हुन्छ । लोकल कुखुरा, हाँस, लौकाट, टर्की, माछाको मासु स्वस्थकर हुन्छ ।

१० भोक लागेपछि मात्र खाना खाने गर्नुहोला । यसो गर्दा पाचनको समस्या हुँदैन ।