कोरोनाको भविष्यवाणी गरेका डाक्टरको कोरोनाकै कारण मृत्यु - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

कोरोनाको भविष्यवाणी गरेका डाक्टरको कोरोनाकै कारण मृत्यु



एजेन्सी- चीनमा कहर मच्चाइरहेको कोरोना भाइरसका कारण हालसम्म ५६० जनाको मृत्यु भइसकेको छ भने २५ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् ।

चीनको बुहान शहरबाट फैलिन सुरु भएको कोरोना भाइरस हालसम्म २५ देशभन्दा बढी देशमा फैलिइसकेको छ ।

अमेरिका, भारत, अष्ट्रेलिया लगायत अन्य देशमा यसलाई नियन्त्रण गर्न ठुलो प्रयास भइराखेको छ । संक्रमितहरुको पहिचान गरी उनीहरुको उपचार गर्न विभिन्न देशहरु लागि परेका छन् ।

तर, यसैबीच चीनमा कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी गराएका डाक्टरको यसै भाइरसका कारण मृत्यु भएको छ ।

चीनमा यो भाइरसबारे सबैभन्दा पहिला खुलासा गर्ने उनलाई कारबाही भएको थियो । यी डाक्टरले कोरोना भाइरसबारे पहिला नै भविष्यवाणी गरेका थिए । तर साेही भाइरसका कारण उनकाे ज्यान गएकाे छ ।

हालसम्म ५६० जनाको ज्यान लिने यो भाइरसबारे उनले पहिला नै जानकारी गराएका थिए । कोरोना भाइरसको भविष्यवाणी गर्ने डाक्टर ली वेनलियानगलाई मध्यरातमा उनको घरमा घेरा हाली पक्राउ गरेको थियो । भाइरसबारे हल्ला फिजाएको आरोपमा उनी पक्राउ परेका थिए ।

लीले एक मेसेज गर्दै आफ्ना सहकर्मीहरुलाई कोरोनाबारे चेतावनी दिएका थिए । वुहान शहरको एक हस्पिटलमा काम गरेका उनले मेडिकल छात्राहरुलाई कोरो भाइरसबारे बताएका थिए ।

उनले उक्त महामारी सार्स जत्तिकै खतरा हुने बताएका थिए । सार्सका कारण ८०० जनाको ज्यान गएको थियो । सन् २००३ मा सार्सका कारण ठुलो क्षति चीनले भोगेको थियो ।