डा. केसीको समर्थनमा चिकित्सकहरुको नाङगो जुलुस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डा. केसीको समर्थनमा चिकित्सकहरुको नाङगो जुलुस



जुम्ला । समग्र चिकित्सा शिक्षा क्षेत्रको बिसंगती बिरुद्ध उत्रेका डा.गोविन्द केसी शनिबारदेखि जुम्लामा अनशनरत रहेका छन् ।

अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा. गोविन्द केसीलाई प्रहरीले नजिकैको कभर्ड हलमा पुर्याई छाडेको थियो । हाल केसी कभर्ड हलकै चिसो भुइंमा अनशनरत रहेका छन् ।

यसै सिलसिलामा डा. केसीको समर्थनमा केसीका शुभचिन्तक तथा चिकित्सकहरुले आज नाङगो जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले राज्यले डा. केसीको माग तथा बिग्रँदै गएको उनको स्वास्थ्य अवस्थालाई बेवास्ता गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।